कांग्रेस उपसभापति धनराज गुरुङ जोडिएको मितेरी सहकारीको ठगीमा सीआईबीले अनुसन्धान थाल्यो

२९ भदौ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसमेत जोडिएको मितेरी सहकारीको ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान थालेको छ । ललितपुरको महालक्ष्मीस्थानमा केन्द्रीय कार्यालय रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान शुरु गरेको सीआईबीले जनाएको छ ।

रकम अनियमितताबारे निवेदन परेपछि अनुसन्धान शुरु गरेको सिआइबीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । मुख्य रूपमा सहकारीका कर्मचारी र सञ्चालक समितिमाथि अनुसन्धान अघि बढाएको उहाँको भनाइ छ ।

मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको महाप्रबन्धक रहेका बेला धनराज गुरुङकी श्रीमती ज्योति गुरुङले १२ करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै सहकारी रजिस्ट्रारको कार्यालयमा गत साउन महिनामा उजुरी दर्ता गर्नुभएको छ ।

धनराज गुरुङले भने श्रीमतीसँग आफ्नो सम्बन्धविच्छेद भइसकेको दाबी गर्नुभएको छ । तर सहकारीका अध्यक्ष कुम्भराज गुरुङले भने एक महिना अघिसम्म पनि ज्योती गुरुङको नाममा धनराजले नै पैसा तिरिरहेको भन्दै कसरी सम्बन्ध विच्छेद भयो भनेर प्रश्न उठाउनुभएको छ । 

spot_imgspot_img

Subscribe

Related articles

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज ओमानसँग खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत नेपालले आज...

डोनाल्ड ट्रम्पको हत्या प्रयासमा संलग्न भएको आरोपमा एक पक्राउ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासमा संलग्न भएको आरोपमा...

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खला अन्तर्गत क्यानडासँग नेपाल एक सय तीन रनले पराजित

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत क्यानडासँगको खेलमा...

चौथो इन्ट्रा कप भलिबल २०२४ को उपाधी महिला तर्फ बाल्टिमोर र पुरुष तर्फ रुकुम भलिबल टिमलाई

अमेरिकामा इण्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका...

Parliament forwards cooperative investigation report to government 

Home » Politics » Parliament forwards cooperative investigation report to government Parliament forwards cooperative...
spot_imgspot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here