भूटानी बालमञ्च पथरी शनिश्चरे द्वारा ६० औँ बाल दिवस भव्यताका साथ सम्पन्न

मोरङको पथरी शनिश्चरे क्याम्पमा भूटानी शरणार्थी बालमञ्चले ६०औँ राष्ट्रिय बाल दिवसको अवसरमा शिविरमा रहेका बालबालिकाहरुलाई समावेश गरेर बाल दिवस कार्यक्रम सम्पन्न गरेको छ ।

एल.डब्लु .एफको आर्थिक सहयोगमा सम्पन्न यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा क्याम्प सचिव करण राई, विशेष अतिथिहरुमा पूर्व क्याम्प सचिव चम्फासिङ राई, एल. डब्लु .एफका फिल्ड स्टाफ सन्तोष चौधरी, ग्लोबल भूटनिज अर्गनाइजेसनका कार्यक्रम संयोजक टिका अधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्य्रकममा शुभकामना मन्तव्य पूर्व क्याम्प सचीव चम्फासिङ राई र सचिव करण राईले राख्नु भएको थियो । बालबालिकाहरुलाई सामुहिक रोचक खेलहरु साथै प्रतिभा प्रस्तुतिका कार्यक्रम राखिएको थियो ।

उत्कृष्टताको आधारमा बिधागत पुरस्कारद्वारा सम्मान गरिएको थियो ।भूटानी शरणार्थी बाल मञ्चले हरेक वर्ष बाल दिवसलाई विशेष प्राथमिकता को साथ कार्यक्रम आयोजना गराउँदै आईरहेको छ । बालबालिकाहरुको शारीरिक तथा मानसिक विकासको लागि हरेक शनिबार बालबालिकाहरुलाई भेला गरेर विविध क्रियाकलापहरुमा समावेश गराउदै आईरहेको भूटानी शरणार्थी बाल मञ्चका संयोजक सुमित्रा राईले जानकारी दिनुभयो ।

spot_imgspot_img

Subscribe

Related articles

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज ओमानसँग खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत नेपालले आज...

डोनाल्ड ट्रम्पको हत्या प्रयासमा संलग्न भएको आरोपमा एक पक्राउ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासमा संलग्न भएको आरोपमा...

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खला अन्तर्गत क्यानडासँग नेपाल एक सय तीन रनले पराजित

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत क्यानडासँगको खेलमा...

चौथो इन्ट्रा कप भलिबल २०२४ को उपाधी महिला तर्फ बाल्टिमोर र पुरुष तर्फ रुकुम भलिबल टिमलाई

अमेरिकामा इण्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका...

Parliament forwards cooperative investigation report to government 

Home » Politics » Parliament forwards cooperative investigation report to government Parliament forwards cooperative...
spot_imgspot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here