क्यानाडामा स्वीकारोक्ति डिस्कोर्स हुँदै

“एकताको लहरले विश्व जीत्न सकिन्छ”
समयले पछ्याइरहन्छ, हामी भन्छौँ समय वित्यो, जीवनका गोलाईहरूमा सुखदुखका गाडी गुडीरहन्छन, पाईला पाईलामा परिवर्तन चाहान्छौँ तर पहिचान गर्न वेवास्ता गर्छ यो दुनिया भूलभुलैयामा ।। दयालु मन हुँँदा हुँदै दया गर्न विर्सिएछौ भन्ने स्वीकारयोग्य आदतलाई कर्म दिलाउनु मानव परिवर्तनको मुल विषय हुन जान्छ । प्रकृति र मानव एक समान हुन्छ । प्रकृति छ त मानव बाँचीरहन्छ, मानव बाँच्छ त प्रकृति रहिरहन्छ । त्यसैले प्रकृतिसँग हातेमालो नगर्नुको परिणाम विपरीत हुन् सक्छ, समयमा नै प्राकृतिक महोत्सव मनाउन जरूरी हो भन्ने समयले किटान गरेको छ। हालै क्यानाडामा भएको अग्निविनाशको सहयोगार्थ जस्तै :- “आशा बाडौं – करूणा फैलाउँ”(Sharing Hope – Spreading Kindness), (Go Green- Save The Earth) (To Breath Free – Plant A Tree) जस्ता मनोकामना गर्दै स्वीकारोक्ति फ़ाउंडेशनले “स्वीकारोक्ति विश्व यात्रा” को क्रम निरन्तर रूपमा गरिरहेको छ ।
क्रमश: “स्वीकारोक्ति विश्व यात्रा २०२४ क्यानाडा” यहि आउँदो सेप्टेम्बर १४-१५ तारिख क्यानाडाको एडमन्टन शहरमा हुने भएको छ ।

यो कार्यक्रम विशेषत: भोकमारी निर्मूल (Hunger Relief) होस् र भोकमारीमा परेकालाई राहत मिलोस् भन्ने हेतुले सम्पन्न हुन लागेको हो ।यसमा आजको विश्वले  आ-आफ्नो अस्तित्व स्वीकार गर्नु पर्दछ अनि मात्र हरेक सम्बोधनहरू न्यायिक हुनेछन् भन्ने “स्वीकारोक्ति दर्शन” का मुल विषयहरू पनि सामाजिक तह, पद, प्रतिष्ठाका माथी रहेर एक विशेष अंशमा प्रदान गरिने छ ।यस कार्यक्रममा सांस्कृतिक, सांगीतीक, साहित्यिक मनहरूको पनि बेजोड उपस्थिति र प्रस्तुती रहनेछ । द भ्वाइस अफ नेपाल सिजन तिन (The Voice of Nepal season 3) का बिजेता किरण गजमेरको बेजोड प्रस्तुति रहनेछ भने इडमन्टन्का लोकल कलाकारहरूको पनि विशेष प्रस्तुति रहनेछ ।

spot_imgspot_img

Subscribe

Related articles

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज ओमानसँग खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत नेपालले आज...

डोनाल्ड ट्रम्पको हत्या प्रयासमा संलग्न भएको आरोपमा एक पक्राउ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासमा संलग्न भएको आरोपमा...

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खला अन्तर्गत क्यानडासँग नेपाल एक सय तीन रनले पराजित

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत क्यानडासँगको खेलमा...

चौथो इन्ट्रा कप भलिबल २०२४ को उपाधी महिला तर्फ बाल्टिमोर र पुरुष तर्फ रुकुम भलिबल टिमलाई

अमेरिकामा इण्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका...

Parliament forwards cooperative investigation report to government 

Home » Politics » Parliament forwards cooperative investigation report to government Parliament forwards cooperative...
spot_imgspot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here