नेपथ्यको अमेरिका शृङ्खला सकियो

नेपथ्यको अमेरिका शृङ्खला सकिएको छ। पेन्सिलभानियाको ह्यारिसबर्गमा डेढ महिने लामो कन्सर्टको अन्तिम कार्यक्रमसँगै नेपथ्यको आत्मीय बिदाई गरिएको छ।

डेढ महिना लामो अमेरिका यात्रामा सातवटै सहरका प्रत्येक हल खचाखच भरिने गरी जम्मा भएका तमाम दर्शकप्रति नेपथ्यले आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्दै बिदा भयो।निर्धारित तालिका अनुसार शनिवार बेलुकी ठीक ६ बजे हलका ढोका खुलेका थिए। त्यसैगरी ठ्याक्कै ८ बजे कन्सर्ट सुरु भएको कार्यक्रममा स्थापनाकालीन ‘आँगनैभरि’देखि भर्खरै रेकर्ड भएको ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि’सम्म सबै गीतमा दर्शकले नाचेर, गाएर साथ दिएका थिए।

दुवैतर्फको उत्साह र उत्तेजनाले कन्सर्टको सुरुवातदेखि नै मञ्च र दर्शकदीर्घाबीच एक किसिमको बन्धन विकास हुँदै गएको देखिन्थ्यो। कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।

यस वर्ष कोलोराडोको डेनभरबाट सुरु भएको अमेरिका यात्रा त्यसपछि क्रमशः क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को, ओहायो राज्यको कोलम्बस, टेक्सासको डालास, न्युयोर्क, मेरिल्यान्ड र अन्त्यमा पेन्सिलभानियाको ह्यारिसबर्गमा प्रस्तुत भएपछि अब ब्यान्ड स्वदेश फर्कने तयारीमा जुटेको छ।

spot_imgspot_img

Subscribe

Related articles

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज ओमानसँग खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत नेपालले आज...

डोनाल्ड ट्रम्पको हत्या प्रयासमा संलग्न भएको आरोपमा एक पक्राउ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासमा संलग्न भएको आरोपमा...

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खला अन्तर्गत क्यानडासँग नेपाल एक सय तीन रनले पराजित

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत क्यानडासँगको खेलमा...

चौथो इन्ट्रा कप भलिबल २०२४ को उपाधी महिला तर्फ बाल्टिमोर र पुरुष तर्फ रुकुम भलिबल टिमलाई

अमेरिकामा इण्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका...

Parliament forwards cooperative investigation report to government 

Home » Politics » Parliament forwards cooperative investigation report to government Parliament forwards cooperative...
spot_imgspot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here