एन्फा महिला फुटबल लिगमा चन्द्रपुर र बागमतीको खेल बराबरी

भदौ २९ । एन्फा महिला फुटबल लिगमा आज एपीएफ क्लब विजयी भएको छ भने झापाकाे चन्द्रपुर नगरपालिका र बागमती युथ क्लबले बराबरी खेलेका छन् । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मदैनमा भएको पहिलो खेलमा एपीएफ क्लबले कर्णाली प्रदेशलाई ६–० गोलले हरायो ।

एपीएफका लागि रश्मीकुमारी घिसिङले दुई तथा निशा थोकर, गीता रानामगर, हिमा रावत र वर्षा ओलीले समान एक गोल गरे । यो जीतसँगै एपीएफ पाँच खेलमा १३ अङ्कसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ । समान खेल खेलेको कर्णाली एक अङ्कका साथ नवौं स्थानमा छ ।

आजै भएको दोश्रो खेलमा झापाको चन्द्रपुर नगरपालिका र बागमती युथ क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । चन्द्रपुर पाँच खेलमा छ अङ्कसहित तालिकाको छैठौं स्थानमा छ । समान खेल खेलेको बागमती चार अङ्कका साथ आठौं स्थानमा छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको लिगमा १० टोली सहभागी छन् ।

Subscribe

Related articles

बीएसए देउसी भैलो प्रतियोगिता -ओहायोबाट प्रथम स्थान

बिस्वकर्मा सोसाइटी अफ अमेरिका (बीएसए) ले अक्टोबर २६ मा...

प्रधानमन्त्री ओलीले आज संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घको...

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज ओमानसँग खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत नेपालले आज...

डोनाल्ड ट्रम्पको हत्या प्रयासमा संलग्न भएको आरोपमा एक पक्राउ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासमा संलग्न भएको आरोपमा...

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खला अन्तर्गत क्यानडासँग नेपाल एक सय तीन रनले पराजित

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत क्यानडासँगको खेलमा...
spot_imgspot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here