पाँच दिनअघि अन्तरीक्षमा पुगेका चार जना यात्रु सकुशल पृथ्वीमा फर्किए

२९ भदौ । पाँच दिनअघि अन्तरीक्षमा पुगेर आकासमै हिँडेका अर्थात् स्पेस वाक गरेका चार जना अन्तरीक्षयात्री पृथ्वीमा फर्किएका छन् । उनीहरु गएको मङ्गलवार अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्स यानबाट अन्तरीक्षमा गएका थिए । उनीहरुलाई बोकेको यान आज अमेरिकाको फ्लोरिडामा रहेका समुन्द्री तटमा सुरक्षित अवतरण गरेको बीबीसीले जनाएको छ ।

यो अन्तरीक्ष यात्राको ऐतिहासिक मिसन थियो, किनकी अन्तरिक्षमा गएका यात्री स्पेस वाक अर्थात् अन्तरिक्षको हावामा हिँड्ने पहिलो निजी क्षेत्रका यात्री हुन् । उनीहरुले पृथ्वीबाट सात सय किलोमिटर माथि अन्तरिक्षमा स्पेस वाक गरेका थिए । उनीहरुले अन्तरिक्षमा विभिन्न प्रयोग पनि गरेका थिए । जसमा मानव स्वास्थ्यमा अन्तरिक्ष यात्राको प्रभाव र स्याटेलाइटसँगको लेजर सञ्चार परीक्षण पनि समावेश थिए ।

अन्तरीक्ष यात्री सारा गिलिसले अन्तरीक्षबाट संगितको मनोरञ्जन पनि दिएकी थिइन् । यो मिसनले व्यावसायिक अन्तरिक्ष यात्राको लागि नयाँ ढोका खोलेको छ । यस्तै, भविष्यमा थप व्यावसायिक अन्तरिक्ष मिसनहरूको लागि मार्ग प्रशस्त गरेको स्पेशएक्सका मालिक एलन मस्कले बताउनुभएको छ ।

यो मिसनले अन्तरिक्ष पर्यटनको सम्भावनालाई पनि बढाएको छ । पहिलो निजी क्षेत्रको अन्तरिक्ष यात्रामा अमेरिकी अर्बपति जारेड इसाकम्यान, अमेरिकी वायुसेनाका पूर्व पाइलट स्कट पोटेट, स्पेश एक्सकी कर्मचारी सारा गिलिस र अन्ना मेनन सहभागि थिए । 

Subscribe

Related articles

बीएसए देउसी भैलो प्रतियोगिता -ओहायोबाट प्रथम स्थान

बिस्वकर्मा सोसाइटी अफ अमेरिका (बीएसए) ले अक्टोबर २६ मा...

प्रधानमन्त्री ओलीले आज संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घको...

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज ओमानसँग खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत नेपालले आज...

डोनाल्ड ट्रम्पको हत्या प्रयासमा संलग्न भएको आरोपमा एक पक्राउ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासमा संलग्न भएको आरोपमा...

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खला अन्तर्गत क्यानडासँग नेपाल एक सय तीन रनले पराजित

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत क्यानडासँगको खेलमा...
spot_imgspot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here