शेयर बजार ५० अङ्कले घटेर राताम्मे, १० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

२९ भदौ । दिनभर तीव्र उचारचढाव हुँदै शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५० दशमलव ७३ अङ्कले घटेर दुई हजार छ सय ३७ दशमलव ७९ विन्दुमा झरेको हो । आज बिहान बजार खुलेदेखि नै उच्च अङ्कले बढेर नेप्से २७ सय ३४ विन्दुसम्म पुगेको थियो ।

रिभल फल्स पावर, हिमालयन हाइड्रोपावर कम्पनी, इस्टर्न पावर र रावा इनर्जीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । तर २ बजेदेखि उच्च अङ्कले ओरालो लागेर २६ सय ३६ विन्दुमा झरेको हो । आज थ्री स्टार हाइड्रोको शेयर १० प्रतिशतले घटेको छ ।

बजार घटेपनि कारोबार रकम भने बढेको छ । आज दुई करोड ४८ लाख ४६ हजार कित्ता शेयर १० अर्ब ३३ करोड ९२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सीईडीबी हाइड्रो विकास कम्पनीको ६४ करोड ३८ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ । 

Subscribe

Related articles

बीएसए देउसी भैलो प्रतियोगिता -ओहायोबाट प्रथम स्थान

बिस्वकर्मा सोसाइटी अफ अमेरिका (बीएसए) ले अक्टोबर २६ मा...

प्रधानमन्त्री ओलीले आज संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घको...

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज ओमानसँग खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत नेपालले आज...

डोनाल्ड ट्रम्पको हत्या प्रयासमा संलग्न भएको आरोपमा एक पक्राउ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासमा संलग्न भएको आरोपमा...

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खला अन्तर्गत क्यानडासँग नेपाल एक सय तीन रनले पराजित

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत क्यानडासँगको खेलमा...
spot_imgspot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here