चौथो इन्ट्रा कप भलिबल २०२४ को उपाधी महिला तर्फ बाल्टिमोर र पुरुष तर्फ रुकुम भलिबल टिमलाई

अमेरिकामा इण्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका द्वारा आयोजित चौथो इन्ट्रा कप भलिबल २०२४ मा महिला तर्फ बाल्टिमोर र पुरुष तर्फ रुकुम भलिबल टिमले उपाधी हात पारेको छ । इन्ट्रा फाउण्डेसनका खेलकुद संयोजक खडा सन्यासीको संयोजकत्वमा सम्पन्न खेल पेन्सिलभेनियाको ल्यानक्यास्टरमा गएको आइतबार सम्पन्न भएको खेलमा साबिक बिजेता रुकुमले सजानीलाई तीन दुई सेटमा हराउदै बिजेता बनेको थियो ।

१२ हजार अमेरिकि डलर नगद पुरस्कार रहेको यस खेल निकै प्रतिस्पार्धात्मक रहेको थियो । पहिलो सेट २५-२२ ले जितेको रुकुमले दोस्रो सेटमा भने ३२-३४ को थोरै मात्र अन्तर राख्न सजानीले दबाब दिएको थियो । त्यस पछिको दुई खेल भने सजानीले २५-१८ र २५ -२२ ले जित्दै खेल बराबरीमा ल्याएको थियो । बेस्ट अफ फाइभको खेलमा भने सजानी नेपाली राष्ट्रिय भलिबल टिमका कप्तान कैलाश दत्त भट्टको अगुवाइमा रहेको टिमलाई १५ -८ मा नै सिमित गर्दै रुकुमले फाइनलको उपाधी जितेको थियो । दोस्रो भएको सजानीले ८ हजार डलर प्राप्त गरेको छ ।

महिला तर्फको फाइनल खेलमा साबिक फाइनल खेल्ने टिम बि .वाइ एस एस सि र बाल्टिमोरको बेलमन्टको खेल भने ३-२ को सेटमा बाल्टिमोर बेलमन्ट बिजयी बनेको छ । बिजयी टिमले ९ हजार अमेरिकि डलर र उपबिजेता टिमले ६ हजर अमेरिकि डलर प्राप्त गरेको छ । जम्मा सहभागी टिमहरु पुरुष तर्फ १४ र महिला तर्फ ८ टिमहरु रहेका थिए ।

spot_imgspot_img

Subscribe

Related articles

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज ओमानसँग खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत नेपालले आज...

डोनाल्ड ट्रम्पको हत्या प्रयासमा संलग्न भएको आरोपमा एक पक्राउ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासमा संलग्न भएको आरोपमा...

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खला अन्तर्गत क्यानडासँग नेपाल एक सय तीन रनले पराजित

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत क्यानडासँगको खेलमा...

Parliament forwards cooperative investigation report to government 

Home » Politics » Parliament forwards cooperative investigation report to government Parliament forwards cooperative...
spot_imgspot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here