आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खला अन्तर्गत क्यानडासँग नेपाल एक सय तीन रनले पराजित

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत क्यानडासँगको खेलमा नेपाल पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा गएराति भएको खेलमा नेपाल एक सय तीन रनले पराजित भएको हो ।

क्यानडाले दिएको दुई सय ५४ रनको लक्ष्य पछ्याएको नेपाल ४० ओभर एक बलमा एक सय ५० रनमा अलआउट भयो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक २२ रन बनाए । क्यानडाका डेलिन हेलिगरले ५ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोली क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर दुई सय ५३ रन बनाएको थियो ।

क्यानडाका लागि कप्तान निकोलस किर्तनले अविजित ७३ रन बनाए । नेपालका ललित राजवंशी र सोमपाल कामीले समान २ विकेट लिए । एकदिवसीय खेलमा क्यानडासँग नेपाल पहिलो पटक पराजित भयो । विश्वकप सन् २०२७ को छनोटको रुपमा रहेको लिग–२ मा आठ टोलीको सहभागीता छ । नेपालले दोस्रो खेलमा भोलि ओमानसँग, तेस्रो खेलमा असोज ६ गते क्यानडासँग र चौथो खेलमा असोज ८ गते ओमानसँग खेल्नेछ ।

spot_imgspot_img

Subscribe

Related articles

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज ओमानसँग खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत नेपालले आज...

डोनाल्ड ट्रम्पको हत्या प्रयासमा संलग्न भएको आरोपमा एक पक्राउ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासमा संलग्न भएको आरोपमा...

चौथो इन्ट्रा कप भलिबल २०२४ को उपाधी महिला तर्फ बाल्टिमोर र पुरुष तर्फ रुकुम भलिबल टिमलाई

अमेरिकामा इण्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका...

Parliament forwards cooperative investigation report to government 

Home » Politics » Parliament forwards cooperative investigation report to government Parliament forwards cooperative...
spot_imgspot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here